



गलेश्वर । जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा रु दुई करोड ६२ लाख १९ हजार ७७५ राजश्व सङ्कलन गरेको छ ।
यो आर्थिक वर्ष २०७६-०७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६-०७७ मा कार्यालयले रु ८० लाख राजश्व सङ्कलन गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।
सङ्कलित राजश्वमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट रु २ करोड ३८ लाख ६५ हजार ९५७ र नगर सुधार कोषबाट रु २३ लाख ५३ हजार ५१८ रहेको कार्यालयका लेखापाल दीपक खत्रीले जानकारी दिए । उनका अनुसार सेवाग्राहीबाट धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्कलगायतका सेवाबापत सो रकम सङ्कलन भएको हो ।
रजिष्ट्रेसन शुल्कअन्तर्गत सङ्कलित कूल राजश्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । सोही अनुसार जग्गा रजिष्ट्रेसनबापत सङ्कलित रकम प्रदेश र स्थानीय तहमा बाँडफाड गरिएको मालपोत अधिकृत कृष्ण कार्कीले जानकारी दिए ।
– रासस
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू