



उदयपुर। उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
आज बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी रौताको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरी स्वास्थ्य परीक्षणका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।
मृतक मगर राति कुन समयमा किन र कसरी लडे भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत बेदप्रसाद गौतमले बताए।
–रासस
फेसबुक प्रतिक्रिया
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू