



काठमाडौँ । राष्ट्रिय समाचार समिति ९रासस०मा कार्यरत सञ्चारकर्मीका लागि साइनो नेपाल मिडिया सोसाइटीले मास्क उपलब्ध गराएको छ ।राससका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईलाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेल र महासचिव दीपक रिजालले छ हजार थान मास्क आज हस्तान्तरण गरे ।
सो अवसरमा अध्यक्ष अधिकारीले कोरोना सङ्क्रमण जारी रहेका बेला सोसाइटीले उपलब्ध गराएको मास्क साङ्केतिक मात्र नभई व्यावहारिक पक्षबाट पनि निकै महत्वपूर्ण रहेको बताए। उनले भने, “नेपालका आध्यात्मिक ज्ञान, प्राकृतिक सौन्दर्य र अन्य स्रोतसाधनबारे छिमेकी मुलुकमै पनि स्पष्टता नरहेकाले सोसाइटीजस्ता संस्थाले त्यसको प्रवद्र्धनका लागि काम गर्नुपर्छ । नेपाली पत्रकारितालाई विश्वका लागि चासो छ । ”
मास्क मूल्यमा सस्तो भए पनि अग्रपङ्क्तिमा रहेर काम गर्न पत्रकारलाई बचाउने मामिलामा त्यतिनै महँगो रहेको जनाउँदै अध्यक्ष अधिकारीले चाइना च्यारिरिटी फेडरेशन र चाइना गुडविल फाउण्डेशनलगायत संस्थाप्रति धन्यवाद ज्ञापन गरे । च्यारिरिटी फेडरेशन र गुडवील फाउण्डेशनको सहयोगमा मास्क सोसाइटीलाई प्राप्त भएको हो । साइनो नेपाल मिडिया सोसाइटीले संस्थालाई प्राप्त मास्क नेपाल पत्रकार महासङ्घ, केही अस्पताल र स्थानीय तहलाई हस्तान्तरण गर्ने छ ।
सोसाइटीका अध्यक्ष पौडेलले कोभिड¬–१९ प्रतिकार्यमा प्रहयोग पु¥याउने हेतुले राससलगायत सञ्चारमाध्यमलाई मास्क उपलब्ध गराइने कार्यको शुरुआत गरिएको बता मुलुुकको पर्यटन प्रवद्र्धन र सामाजिक कार्यमा संस्थाले गरेका मुख्य गतिविधिबारे जानकारी दिँदै उहाँले संस्थाको अग्रसरतामा पत्रकारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर प्राप्त भएको मास्क उपलब्ध गराएको बताए।
सन् २०१६ मा स्थापित सोसाइटीले नेपाल–चीन सम्बन्धका विविध कार्यक्रमका अतिरिक्त नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धित फोटो प्रदर्शनी, चिनियाँ भाषाको कक्षा सञ्चालन, विशिष्ट विदेशी पाहुना र पर्यटकलाई लुम्बिनी तीर्थाटनलगायत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोसाइटीले चीनमा कोरोना सङ्क्रमणको सुरुआती दिनमा सिछुवानको प्रान्तीय सरकारलाई २० हजार मास्क सहयोगस्वरुप पठाएको थियो। सोसाइटीको अगुवाइमा काठमाडौँमा सिछुवान ‘फुड फेष्टिवल’ र चीनका लशानमा थाङ्का प्रदर्शनीमा सहयोग पु¥याएको थियो ।
– रासस
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू