



तनहुँ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । कोभिड–१९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । निषेधाज्ञा कडाइका साथ पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ ।
भौतिक रूपमा उपस्थित भई गरिने सभा, सम्मेलन, प्रदर्शन, मेला, जात्रा र महोत्सवमा रोक लगाइएको छ । “साधारणसभा, सम्मेलन र अधिवेशन सरकारले कायम गरेको स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने छ”, स्थानीय प्रशासनको आदेशमा उल्लेख छ
विद्यालय र क्याम्पसमा पठनपाठनका लागि विद्यालय सिकाइ सहजीकरण निर्देशिका र कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण कार्यविधि, २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयअनुसार गराउन सकिने आदेशमा भनिएको छ । पार्टी प्यालेस सञ्चालन गर्न स्वास्थ्य मापदण्डको पालना गरी कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी साँझ ६ बजेसम्म अनुमति दिइएको छ ।
तनहुँको दमौलीमा रु ४५ करोडको लगानीमा सुविधासम्पन्न मल निर्माण गरिएको छ । ‘एपेक्स मल्टिमिडिया प्रालि’ले व्यास नगरपालिका–२ मा उक्त मल निर्माण गरेको हो । विभिन्न सेवा सुविधासहित एउटै छाना मुनि किनमेल, मनोरञ्जन, खानपिनको सुविधा र डिजिटल प्रविधियुक्त चलचित्र घर सञ्चालनका लागि मल निर्माण गरिएको प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिए ।कोरोना सङ्क्रमणका कारण मल निर्माणमा ढिलाइ भएको हो । “विजयादशमी अघि नै मल सञ्चालनमा आउँछ”, श्रेष्ठले भने । मलमा २३८ र १२० जना अटाउने छुट्टाछुट्टै चलचित्र घर निर्माण गरिएको छ ।
“साताभरि नै मल सञ्चालन गरिने छ”, प्रालिका व्यापार प्रमुख सुशील न्यौपानेले भने । कूल ४५ पसल क्षमताको मलमा हाल बुकिङ खुला गरिएको छ । त्यसमध्ये १५ प्रतिशत बुकिङ भइसकेको छ । उपभोक्ताको मागलाई ध्यानमा राख्दै मल निर्माण गरिएको न्यौपानेले बताए ।
– रासस
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू