



संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनको द्वन्द्वलाई राजनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका अधिकारीले पछिल्ला दिनहरुमा बढ्दै गएको इजरायल र प्यालेस्टाइनबीचको युद्धलाई शान्तिपूर्ण तवरबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् । अहिले गाजामा यहाँका द्वन्द्वपीडित नागरिकलाई आवश्यक सहयोग गरिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले यो सहयोग उपलब्ध गराएको प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका संयोजक लिन ह्यास्टिनले बताएका छन् । उनले हाल गाजाका नागरिकलाई विश्वका विभिन्न समुदायले सहयोग गरिरहेको प्रसंग उल्लेख गर्दै भनेका छन् कि हाल त्यहाँ मानवीय सहायता उपलब्ध गराएको भएपनि त्यहाँको युद्धको समाधान राजनीतिक रुपबाट नै खोज्नुपर्छ र यसका लागि विश्व समुदायको दबाब आवश्यक छ ।
पछिल्ला दिनहरुमा इजरायल र प्यालेस्टाइनमा द्वन्द्व बढ्दै गएको छ । त्यहाँका कैयौँ मानिसलाई मानवीय सहायताको आवश्यकता देखिएको पनि बताइएको छ ।
– (रासस/सिन्ह्वा)
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू