



ललितपुर । सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउनको तेस्रो सोमबार बेलका बिरुवा रोपिएका छन् । विसं २०६९ देखि हरेक वर्ष साउनको दास्रो सोमबार विभिन्न जातका फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने गरिएकामा आज ५४ बेलका बिरुवा रोपिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खडकाले बताए ।
उनले भने, “यसअघि कटुस, रुद्राक्ष, अमलालगायत ३५ जातका बिरुवा रोपेर हुर्काइरहेका छौ । यसवर्ष भने भगवान् भोलेनाथको प्रिय बस्तु बेल रोप्यौ । यस स्थानको हावापनीमा राम्ररी बेल हुर्किए अर्को ५४ थप गरी १०८ बोट पु¥याउने योजना छ”। मन्दिर परिसरमा १५० रोपनी जमिन रहेकाले दैनिक खर्च व्यवस्थापनका लागि फलफूल तथा औषधिजन्य बिरुवाको उत्पादनमा जोड दिइएको छ ।
सतीदेवीको माथिल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वरको प्राकृतिक स्वरुपको दर्शन गरे सन्तान प्राप्त हुने धार्मिक मान्यताले कोरोना महामारीको बेवास्ता गर्दै बिहानै देखि श्रद्धालुभक्तजन मन्दिर भित्रिरहेका पुजारी गङ्गाराम गौतमले बताए।
– रासस
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू