



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
घिसिङ २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका थिए । त्यसपछि कार्यकारी निर्देशमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको थियो । स्रोतका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालयलाई मङ्गलवार विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको जानकारी गराएको थियो । मन्त्रालयका अनुसार आज घिसिङले पदबहाली गर्नेछन् ।
नेपालमा लोडसेडिङ हटाउन प्रमुख भूमिका खेलेको भन्दै कुलमानको चर्चासँगै पुनः नियुक्तिको माग गर्दे ओली सरकारको मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गरिए पनि छलफल भएको थिएन ।
प्रधानमन्त्री देउवा नेतृत्वको नयाँ सरकारले कुलमान घिसिङलाई पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मौका दिएको हो ।
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू