



कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ।
यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए । “भाइरल ज्वरो बढे पनि कोरोना भने होइन”, डा श्रेष्ठले भने “कोरोना सङ्क्रमित पाँच जनाको उपचार हँुदैछ ।”
त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइपलाइनबाट पु-याउने गरी काम भइरहेको छ । ‘युएनओपियस’ नामक संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ । “उक्त संस्थाले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको खबर आएको छ”, उनले भने, “अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ ।”
अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्यरुपमा चलिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ । स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट बिरामीको तथ्याङ्क जिल्लामा आउन बाँकी रहेको जनाएको छ ।
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू