



दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ। लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन गरिएको हो ।
लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारीले रक्तदान गरेको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिए। कोरोना कहरले पर्याप्त मात्रामा रक्तदानको कार्यक्रम नहुँदा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
“रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेका हौँ”, उनले भने। नगर प्रमुख किसान गुरुङले कोरोनाका कारण बिरामी अप्ठ्यारामा परेको जनाउँदै बिरामीको जीवन बचाउन लायन्सले उत्कृष्ट काम गरेको उल्लेख गरे ।
सो अवसरमा लायन्सको क्लष्टर १४ का चिफ सन्तोष घिमिरे, रक्तदान संयोजक महेश पौडेल, शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, लायन्सका रिजन चियर पर्सन प्रदीप थापा, जोन चियर पर्सन मिनबहादुर लामिछाने, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले धारणा व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले अघिल्लो महिना दुलेगौडावासीले पिउने खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गरेको थियो। पछिल्लो समय तनहुँमा रहेका लायन्स क्लबले रगत अभावको समस्या टार्न रक्तदान कार्यक्रम गरिरहेका छन्। रक्तदान कार्यक्रम बढ्न थालेसँगै रगत दान गर्नुपर्छ भन्ने चेतना सर्वसाधारणमा बढ्न थालेको पाइन्छ ।
– रासस
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू