



सप्तरी । खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७७८४ नंको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृत्यु भएको चिकित्सकले बताएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ ।
शवको आज परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
– रासस
फेसबुक प्रतिक्रिया
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू