



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीमा बाढीबाट डुबान एवं कटान क्षेत्रको शनिबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा केही दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढीबाट प्रभावित इनरुवा–८ स्थित गहिडा टोलका ४१ घर परिवारलाई उहाँले राहतसमेत वितरण गरे । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–४ र ५ मा सुनसरी खोलाले कटान गरेको बाँधको मन्त्री कार्कीले स्थलगत निरीक्षण गरे ।
सोही सिलसिलामा बाढीमा डुबेर मृत्यु भएका भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डलको परिवार र केही दिनअघि प्रहरीको हिरासतमा आत्महत्या गरेका मोहमद हकिम मियाँको परिवारसँग पनि भेटघाट गरे ।
त्यसैगरी बाढीका कारणले भोक्राहा नरसिंह गाउँपालिका–८ मा रहेको दुई वटा मदर्शामा भएको क्षतिको विषयमा उनले जानकारी लिनुभएको कोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेस ४ नम्बर क्षेत्रका सभापति अयुव अंसारीले बताए ।
– रासस
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू