



काठमाडौं । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन्। आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । सचिव ज्ञवालीले भने, ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ ।केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ।’ केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उनको भनाइ थियो । महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिए ।
महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उनले भने, “२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।” महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिए ।
पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उनले भने, “पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।”
पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उनले भने, “१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ ।”
– रासस
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू