सचिन परियार जसलाई आफ्नै ‘बाल्यकाल’ पनि बाँच्न दिइएन

सोसल मिडियामा उनको भिडियो हेर्ने जमात जसरी बढ्दै गयो, त्यसरी नै सचिनको धपेडी पनि । उनलाई बोल्न, गाउन, नाच्न लगाएर धमाधम भिडियो खिच्ने होड चल्यो । यस्तो होड, जसले उनलाई आफ्नै ढंगले बाँच्न दिएन ।

आमिर खानले निर्माण गरेको एउटा हिन्दी फिल्म छ, ‘पिपली लाइभ’ । फिल्ममा दुई किसान दाजुभाइको कथा छ । कहिल्यै नसकिने दुःख र कहिल्यै नभरिने पेट बोकेर बाँचेका उनीहरुलाई बैंकको ऋणले थप अत्याएको छ । यस्तो परिस्थितिमा उनीहरुले थाहा पाउँछन् कि कुनै किसानले आत्महत्या गरेको अवस्थामा स्थानीय सरकारले मुआब्जावापत राम्रै पैसा दिनेछ ।

अब सोझा किसान आत्महत्या गर्ने तयारीमा लाग्छन् । यो खबर स्थानीय समाचारदाता हुँदै मूलधारका टेलिभिजनसम्म पुग्छ । सरकारी मुअब्जाका लागि किसानले आत्महत्या गर्ने खबर ती मिडियालाई गजब लाग्छ । र, आत्महत्या गरेको एक्सक्ल्युसिभ समाचार देखाउने होडबाजी चल्छ ।

भएभरका मूलधारका मिडिया ती किसानको झुपडीमा पुग्छन् । प्रत्यक्ष प्रसारणका लागि ओबी भ्यानको ताँती लाग्छ । अब दर्जनौं क्यामेराले किसानलाई पछ्याउन थाल्छन् । खाना खाँदा होस् वा शौचालय जाँदा कहीं कतै छाड्दैन । किसानलाई आत्महत्या गरेर मर्नुभन्दा हरक्षण पछ्याइरहने क्यामेराबाट जोगिन मुस्किल हुन्छ ।

मूल विषयको संवेदनशीलतालाई ख्यालै नगरी कसरी कसैलाई सेन्सेसनल बनाउने होड चल्छ ? सो फिल्मले छर्लङ्ग देखाउँछ । सन् २०१० मा प्रदर्शित यो फिल्मको प्रसंग अहिले हाम्रो सन्दर्भमा ठ्याक्कै मेल खान्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार