विश्व भेटेरीनरी महासंघको साधारणसभामा नेपालको प्रतिनिधित्व

नेपाल भेटेरीनरी संघ र सार्क क्षेत्रीय भेटेरीनरी संघको प्रतिनिधित्व गर्दै डा. सिता‍लकाजी श्रेष्ठले अमेरिकाको वाशिङटन डिसीमा सम्पन्न वर्ल्ड भेटेरीनरी एशोसिएसन (WVA) को २०२५ को साधारणसभामा सम्बोधन गरेका छन्। उनी हाल सार्क क्षेत्रीय भेटेरीनरी संघका महासचिव समेत हुन्। जुलाई १८ मा सम्पन्न उक्त साधारणसभामा सम्बोधन गर्दै डा. श्रेष्ठले नेपाली भेटेरीनरी पेशाकर्मीहरूले गरेका उल्लेखनीय कार्यको प्रशंसा गर्दै नेपालमा भेटेरीनरी कार्यबललाई थप मजबुत बनाउन अन्तर्राष्ट्रिय सहकार्यको आह्वान गरेका थिए। साथै, उनले भविष्यमा डब्लुभिएका कुनै पनि कार्यक्रमहरू नेपालमा आयोजना गर्न सकिने प्रतिबद्धता व्यक्त गरे। श्रेष्ठको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उनले सार्क क्षेत्रीय भेटेरीनरी संघलाई निकट भविष्यमा डब्लुभिएको सदस्य संस्थाका रूपमा मान्यता दिलाउने तयारी भइरहेको समेत जानकारी गराए। उक्त साधारणसभामा ९० देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उनले श्रीलंका, कोरिया, फिलिपिन्स, जापान लगायतका राष्ट्रिय भेटेरीनरी संघका अध्यक्षहरूसँग शिष्टाचार भेट पनि गरेका थिए। नेपाल सन् १९९८ देखि वर्ल्ड भेटेरीनरी एशोसिएसनको सदस्य बनेको हो। डब्लुभिए सन् १८६३ मा स्थापना भएको थियो। आगामी साधारणसभा सन् २०२६ मा जापानको टोकियोमा आयोजना हुने तय भएको छ।

स्रोत : The Rising Nepal

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

    ताजा अपडेट

    सम्बन्धित समाचार